बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुरुषका लागि गर्भनिरोधक खोप, एकपटक लगाएपछि १३ वर्षसम्म प्रभावकारी

शनिबार, २९ कात्तिक २०७७, १२ : ०७
शनिबार, २९ कात्तिक २०७७

एजेन्सी – अहिलेसम्म बजारमा गर्भनिरोधकका जति पनि खोप तथा औषधि उत्पादन भएका थिए ती महिलाहरुका लागि थियो । पुरुषका लागि गर्भनिरोधको एउटा मात्रै उपाय कण्डम थियो । 

तर, निकट भविष्यमा नै भारत लगायतका मुलुकमा पुरुषका लागि गर्भनिरोधक खोप बजारमा उपलब्ध हुने भएको छ । यो खोप एकपटक लगाएपछि १३ वर्षसम्म प्रभावकारी हुने अनुसन्धानमा पत्ता लगाइएको छ । 

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का अनुसार पुरुषका लागि बनाइएको उक्त खोप विश्वस्तरीयरुपमा सुरक्षित, प्रभावकारी र लामो समयसम्मका लागि उपयोगी साबित हुनेछ । यसको प्रयोग ३०० जना पुरुषमा गरिएको छ । तीन पटकसम्म चलेको उक्त क्लिनिकल ट्रायलमा साइड इफेक्ट नभेटिएको आईसीएमआरले जनाएको छ । 

आईसीएमआरका सीनियर वैज्ञानिक डा. आर एस शर्माका अनुसार तयार भएको उक्त खोपका लागि भारतीय सरकारको स्वीकृति आवश्यक रहेको छ । ट्रायलमा उक्त खोपको प्रभावकारीता ९७.३ प्रतिशत भएको डा. शर्माले जनाएका छन् । 

उक्त खोप संसारकै पहिलो पुरुष गर्भनिरोधक खोप हुनसक्ने डा.शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप