सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१ लाख १७ हजारसहित १२ जुवाडे पक्राउ

शनिबार, २९ कात्तिक २०७७, २२ : ५७
शनिबार, २९ कात्तिक २०७७

काठमाडौं । बारा प्रहरीले जुवा खेलेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । जिल्लाको करैयामाई गाउँपालिका १ जब्दी टोलबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक शेखरकुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले १२ जना जुवाडेसहित १ लाख १७ हजार रुपैयाँ र १६ थान कौडा समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप