आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भीडभाडयुक्त विमानस्थलमा घण्टौं फसिन जुही चावलाः भिडियो सेयर गर्दै भनिन्, ‘लाजमर्दो राज्य’

आइतबार, ३० कात्तिक २०७७, १२ : ५९
आइतबार, ३० कात्तिक २०७७

बलिउड नायिका जुही चावलाले हालै एक भिडियो सेयर गरेकी छिन् जसमा उनी विमानस्थलमा देखिएकी छिन् । यो भिडियो सेयर गर्दै नायिकाले एयरपोर्ट अथोरिटी अफ इन्डिया (एएआई) को विषयमा आफ्नो असन्तुष्टि पोखेकी छिन् र खराब व्यवस्थाका लागि एएआईमाथि रोष व्यक्त गरेकी छिन् ।

वास्तवमा बुधबार जुही चावला आइपीएल समाप्त भएपछि यूएईबाट फिर्ता भइन् । यस्तोमा हेल्थ क्लियरेन्सका कारण उनी एयरपोर्टमा घण्टौं भीडको बीचमा फसिरहिन् । यतिबेला नायिकाबाहेक अन्य यात्रु पनि हेल्थ क्लियरेन्सका लागि प्रतिक्षा गरिरहेको देखिए ।

जुहीले भीडको बीचबाटै उक्त भिडियो खिचेकी हुन् । भिडियो सेयर गर्दै नायिकाले क्याप्सनमा लेखिन्, ‘विमानस्थल र सरकारी नियकसँग यो बिन्ती छ कि छिटोभन्दा छिटो विमानस्थलमा आवश्यकताको हिसाबले हेल्थ क्लियरेन्समा अधिकारी नियुक्त गर्नुहोस्  । थुप्रै यात्री विमानस्थालमा घण्टौंदेखि फसेका छन् । एकपछि अर्को गर्दै विमान आइरहेका छन् । यो कस्तो बकवास हो । लाजमर्दो राज्य ।’

जुही हालै आईपीएल समाप्त भएपछि दुबईबाट भारत फिर्ता भएकी छिन् । आफ्नो टिमलाई हौसला बढाउनका लागि उनी लामो समयदेखि यूएईमा थिइन् । तर देश फिर्ता हुने बेला एयरपोर्टमा उनले हेल्थ क्लियरेन्सका लागि घण्टौं प्रतिक्षा गर्नुपर्यो जसका कारण उनी निकै रिसाएको देखिइन् । केन्द्रको नयाँ निर्देशिका अनुसार विदेशबाट फर्किएपछि हरेक भारतीय ७२ घण्टाका लागि आफ्नो घरमा क्वारेन्टिनमा बस्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप