सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छिमेकीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

आइतबार, ३० कात्तिक २०७७, १७ : ५५
आइतबार, ३० कात्तिक २०७७

सर्लाही । सर्लाही प्रहरीले छिमेकी २८ वर्षीय अजय पासवानको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका–६ खुटौना बस्ने ३६ वर्षीय बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बिनोदले धारिलो हतियार प्रहार गरी अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप