सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा मोटरसाइकललाई स्कारपिओले ठक्कर दियो, सञ्चारकर्मी मनिषाको मृत्यु

सोमबार, ०१ मङ्सिर २०७७, २१ : १६
सोमबार, ०१ मङ्सिर २०७७

दाङ । दाङमा भाइटिकाकै दिन दाजुले चलाएको मोटरसाइकल दुर्घटनामा परेर बहिनीको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका –१९ बिजौरी निजासी  सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी आज अपराह्न मृत्यु भएको हो ।

बिजौरीबाट उनी कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लुअअक ३९४६ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो । मनिषाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत रहेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक  शिवबहादुर सिंहले  ठक्कर दिने गाडी र चालक अहिले नियन्त्रणमा रहेको बताए । घाइते बिराजको भने कोहलपुरमै उपचार भइरहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप