सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विन लादेन मारिएलगत्तै जब ओबामाले पाकिस्तानी राष्ट्रपतिलाई फोन गरे...

बुधबार, ०३ मङ्सिर २०७७, २३ : ३२
बुधबार, ०३ मङ्सिर २०७७

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा यसबेला उनले लेखेको पुस्तक र त्यसभित्रका कथावस्तुका कारण संसारभर चर्चामा आइरहेका छन् । पूर्व राष्ट्रपति ओबामाले आफ्नो बाल्यकालदेखि सत्ताको नेतृत्वसम्म पुगेर भए, गरेका काम र अनुभवलाई समेटेर लेखिएको सो पुस्तकमार्फत उनले थुप्रै विषयहरुलाई बाहिर ल्याइदिएका छन् । सोही क्रममा ओबामाले सन् २०११ मा मारिएका अलकायदा प्रमुख बिन लादेन र पाकिस्तानका विषयमा पनि विस्तृत रुपमा लेखेका छन् ।

पाकिस्तानको एबटावादमा लादेनमाथि गरेको कार्वाही र तत्काल पाकिस्तानी अधिकारीहरुसँग भएको कुराकानीलाई उनले पुस्तकमा समेटेका छन् । ओबामाले लादेनको मृत्यु सम्बन्धमा लेखेका छन्ः ‘त्यसबेला मैले सोचेको थिए कि ओसामाको मृत्युलगत्तै सबैभन्दा कठिन टेलिफोन कल पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी गर्न हुनेछ । किनभने त्यसपछि उनी सबैतिरको दबाबमा पर्नेछन् । त्यसैबेला यो प्रश्न पनि उठ्ने छकि पाकिस्तान यो कार्यमा संलग्न छ कि छैन । तर मेरो फोनमा त्यस्तो केही भएन । असिफ अली जरदारीले फोन सहजै उठाए । र उनले भने– ‘यो त धेरै खुसीको खबर हो ।’ ओबामाले लेखेका छन्ः ‘असिफ जरदारीले फोनमा धेरै कुराहरु सुनाए र आफ्नी पत्नी बेनजीर भुट्टोको हत्याको विषयमा पनि उल्लेख गरे ।’ भुट्टोको हत्या केही वर्षअघि अलकायदाका व्यक्तिहरुले नै गरेका थिए ।

ओबामाको पुस्तक ‘अ प्रौमिस्ड ल्याण्ड’ मा आफ्नो बाल्यकालदेखि राष्ट्रपतिको जिम्मेवारी बहन गरिएको सन् २०११ सम्मको अनुभूतिलाई समेटिएको छ । लादेन सन् २०११ मै अमेरिकाका अपरेशन सिलमा मारिएका थिए । अपरेशनको बाँकी अंश अर्को पुस्तकमा लेख्ने ओबामाले बताएका छन् । अपरेशन ओसामाका सन्दर्भमा ओबामा लेख्नछन् कि जब उनले राष्ट्रपति पद ग्रहण गरे, त्यसबेला अमेरिकाले लादेनलाई खोज्न छाडिसकेको थियो । तर ओबामा नेतृत्वमा पुगेपछि उनीहरुले खोजतलासलाई पहिलो प्राथमिकता बनाए । र ओबामाले प्रत्येक महिनाको प्रगतिबारे जानकारी गराउन आदेश दिए । ओबामा लेख्छन्ः ‘पाकिस्तान सरकारलाई यो अप्रेशनका बारेमा थाहा थिएन ।

अमेरिकी प्रशासनमा पनि थोरै मानिसहरुलाई अप्रेशनका बारेमा थाहा थियो ।’ उनले थप प्रस्ट पार्दै लेखेका छन्ः ‘पाकिस्तानले अमेरिकालाई अफगानिस्तानको मुद्दामा सहयोग पुर्याएको थियो । तर यसको सैन्य र गुप्तचर संस्थामा केही यस्ता व्यक्ति छन्, जो अलकायदासँग सम्बद्ध थिए र भारतलाई समेत कमजोर पार्नका लागि प्रयोग गर्न चाहान्थे ।’ कार्वाहीको समयमा ओबामा ह्वाइट हाउसको सन्धि कोठामा टिभीमा खेल हेरेर बसिरहेका थिए, त्यसबेला बास्केटबलको खेल चलिरहेको थियो । कार्वाही सफल भएको सूचना आएपछि उनले त्यसको भिडियो समेत हेरेका थिए । ओसामाको कार्बाहीको सिलसिलामा त्यसबेला अमेरिकाले २ वटा योजना बनाएको थियो । त्यसका लागि एउटा अप्रेशन टिम बनाइएको थियो भने अर्कोले नजिकैबाट ड्रोन फायर गर्ने योजना बनेको थियो ।

उक्त कार्बाहीका बेला अमेरिकी उपराष्ट्रपतिको नेतृत्वमा अहिलेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन थिए । उनी त्यो कर्वाहीको विरुद्धमा थिए । उनले यदि कार्वाही सफल नभए गम्भीर कुटनीतिक परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएका थिए । मे २ मा जब नेवी सिल्सले ओसामाको मृत्युको पुष्टि गर्यो, तब ओबामाले पूर्व राष्ट्रपति बिल क्लिन्टन र जर्ज बुश जुनियरलाई बोलाए र त्यसपछि विश्वका मित्र राष्ट्रहरुसँग सम्पर्क गरेका थिए ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप