सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो

बुधबार, ०३ मङ्सिर २०७७, २३ : ४०
बुधबार, ०३ मङ्सिर २०७७

लन्डन ।  बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघेको छ ।  पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५२९ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको  छ । हिजो मंगलबार ५९८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यो संख्या गत मे पछिकै सबैभन्दा बढी हो ।

हालसम्म कोरोनाका कारण बेलायतमा ५३ हजार २७४ जनाको ज्यान गैसकेको सरकारी तथ्याँकमा उल्लेख छ । कोरोनाबाट मृत्यु हुने संख्याको आधारमा बेलायत युरोपियन मुलुकमा अग्र स्थानमा रहेको छ  ।

यसैगरी २४ घण्टाभित्र थप १९ हजार ६०९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १४ लाख ३० हजार ३४१ पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या र भेन्टिलेटर बेडमा उपचार हुनेको संख्या पनि  निरन्तर बढ्दै गैरहेको छ ।

पछिल्लो २४ घन्टामा मात्र एक हजार ५८९ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार ४२० जनालाई उपचारार्थ ‘भेन्टिलेटर बेड’ मा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १६हजार २७१ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप