आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगामी तीन दिनको मौसम पूर्वानुमान

बिहीबार, ०४ मङ्सिर २०७७, ०७ : २१
बिहीबार, ०४ मङ्सिर २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल देशभरमा उल्लेखनिय मौसमी प्रणाली विकसित भएको छैन ।   

भने, हाल देशको उच्च पहाडि तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, शुक्रबार दिउँसो र राति देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, शनिबार दिउँसो र राति पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाले देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप