आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुन्दुजमा तालिबानद्वारा मोर्टार आक्रमण, ७ जनाको मृत्यु

बिहीबार, ०४ मङ्सिर २०७७, १५ : ५६
बिहीबार, ०४ मङ्सिर २०७७

कुन्दुज । अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत ७ जनको मृत्यु भएको र अरु ६ जना घाइते भएका छन् । 

अफगान रक्षा मन्त्रालयले कुन्दुजको बाहिरी इलाका टालोखा क्षेत्रमा उक्त घटना भएको जनाएको छ ।  हालैमात्र, अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबान र अफगान सुरक्षा फौजबीच इमाम शाहिब, दस्त–ए–आर्ची समेतका क्षेत्रमा भिडन्तहरु भएका छन् । 

पछिल्लो मोर्टार आक्रमणका बारेमा तालिबान समूहले केही प्रतिक्रिया दिएको छैन ।  कतारको दोहामा तालिबान समूह र अफगान प्रतिनिधिबीच वार्ता जारी रहे पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएको छैन । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप