एफएनसीसीआई निर्वाचनः ढकाल पक्षका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित
बिहीबार, ०४ मङ्सिर २०७७, १७ : ५९
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा २ जना उम्मेद्वार निर्विरोध चयन भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेद्वारी दिएका राजेन्द्र राउत र द्दिराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट उम्मेद्वारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका हुन् ।
उनीहरु दुवैजनाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको समूहबाट उम्मेद्वारी दिएका थिए । उनीहरु सर्वसम्मत चयन भएपनि औपचारिक रुपमा विजयी घोषणा भने गरिसकिएको छैन । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११,१२ र १३ गते काठमाडौंमा हुँदैछ ।