सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ मन्त्रिपरिषदले गरेको कर्मचारी सरुवा बढुवाको निर्णय

शुक्रबार, ०५ मङ्सिर २०७७, १६ : ३९
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं । सरकारले न्याय सेवाका सहसचिव लिलादेवी गडतौलालाई सचिवमा बढुवा गर्दै नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद बैठकले डा.लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई नेपाल कृषि सेवा, लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूह, राजपत्राङकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपंक्षीं विकास मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको छ । 

यस्तै परराष्ट्र मन्त्रालयको सिफारिसमा अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषी पुनाखर ढकालको कार्यकाल २०७६ असोज २२ देखि लागू हुनेगरी ४ वर्षका लागि थप गर्ने निर्णय गरेको छ । कोलम्बियाको बोगोटामा डा.सोराया स्टेला कारो भरगासलाई निर्णय भएको मितिदेखि लागू हुनेगरी ४ वर्षका लागि अवैतनिक नेपाली वाणिज्यदूत पदमा नियुक्ति गर्ने निर्णय गरेको छ । 

सहरी विकास मन्त्रालयको सिफारिसमा अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा उद्धव प्रसाद तिमिल्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप