पण्डितको ‘लकडाउन डायरी’ सार्वजनिक
आइतबार, ०७ मङ्सिर २०७७, ११ : ५१
नेपाल सरकारका पूर्वउपसचिव सूर्यवदना पण्डितद्वारा लिखित पुस्तक ‘लकडाउन डायरी’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमका बीच सो पुस्तक सार्वजनिक गरिएको छ ।
डा बमबहादुर जितालीको प्रमुख आतिथ्यमा लेखकको जन्मदिनको अवसर पारेर पुस्तक बिमोचन गरिएको हो ।
उक्त कार्यक्रममा रातोपाटीका प्रधान सम्पादक जिवेन्द्र सिम्खडा, पत्रकार एवं राजनीतिक विश्लेषक सोमत घिमिरेसहित तेजनाथ आचार्य, राधा आचार्य, पुण्यवती न्यौपाने, समिप घिमिरे, सूर्यकुमार पण्डितलगायतको उपस्थिति रहेको थियो ।
लमजुङको दोर्दी गाउँपालिका ३ स्थित श्रीमञ्जाङमा जन्मिएर हाल काठमाडौंको बालाजु, टौडोल बस्दै आएकी उनको यसअघि पनि ३ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।
हाल प्रकाशित पुस्तक लकडाउन डायरीमा कोरोना महामारीका कारण लेखकले भोगको कठीनाइ, अनुभव तथा अनुभूतिहरुलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।