मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति मदिरा व्यवसायी विजय कुमार शाह, संस्थामा सूर्य नेपाल (सूचीसहित)

सोमबार, ०८ मङ्सिर २०७७, ११ : ४३
सोमबार, ०८ मङ्सिर २०७७

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको छ । सबैभन्दा बढी आयकर तिर्नेमा मदिरा व्यवसायी विजय कुमार शाह परेका छन् । उनको लगानीमा जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी र विजय डिस्टिलरी सञ्चालनमा छन् । संस्थातर्फ बढी कर तिर्ने बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा.लि रहेको छ । सूर्य नेपाल प्रालिले चुरोट लगायत बस्तु उत्पादन गर्छ ।

सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी कर तिर्ने करदाता छिमेक लघुवित्त परेको छ । छिमेकले आर्थिक वर्ष २०७६/०७७ मा लघुवित्ततर्फबाट सबैभन्दा बढी आयकर तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । यता बैंक तथा वित्तिय संस्थामा सबैभन्दा बढी आयकर नबिल बैंकले तिरेको छ भने बिमामा नेपाल पुर्नबिमा कम्पनीले सबैभन्दा बढी आयकर तिरेको छ । 

पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटलले बढी कर तिरेको छ भने शिक्षा सेवामा सबैभन्दा बढी आयकर तिर्ने करदाता मनिपाल एजुकेश एण्ड मेडिकल ग्रुप प्रालि रहेको छ । व्यापार व्यवसाय गर्नेमा सबैभन्दा बढी आयकर तिर्नेमा अग्नि इन्कपोैरेट पलि रहेको छ । कृषि एवम पशुपंक्षीजन्य उद्योगमा अन्नपूर्ण एग्रो इन्डष्ट्रिी रहेको छ । निर्यातकर्तामा डावर नेपाल, विशेष उद्योगमा हिमाल पावर लिमिटेड रहेको छ । यसैगरी  मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा कामना सेवा विकास बैंक परेका छन् ।

आन्तरिक राजस्व कार्यालयहरुको कार्य क्षेत्रभित्रबाट सबैभन्दा बढी आयकर तिर्ने करदातामा भिएफ सर्भिसेज प्रालि र  मूल्य अभिबृद्धि कर तिर्ने करदातामा घोराई सिमेन्ट इन्डष्ट्री प्रालि रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप