सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा मोटरसाईकल दुर्घटना, २ युवकको मृत्यु

सोमबार, ०८ मङ्सिर २०७७, १३ : २६
सोमबार, ०८ मङ्सिर २०७७

रुपन्देही । मोटरसाईकल दुर्घटना हुँदा रुपन्देही तिलोत्तमा नगरपालिकाका दुई युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ७ भलवारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन जाँदा सोही नगरपालिका वडा नम्वर १५ माधवलियाका २७ वर्षीय विकास चौधरी र पछाडी बसेर सवार सोही स्थानका २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो ।

लुम्बिनी प्रहरी प्रहरी कार्यालयका अनुसार गम्भीर घाईते उनीहरुलाई क्रिम्सन अस्पताल माणिग्राममा उपचार गर्न लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप