काठमाडौं र खोटाङमा दुई जना मृत अवस्थामा फेला
बिहीबार, ११ मङ्सिर २०७७, १२ : ४६
काठमाडौं – काठमाडौं र खोटाङ जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–२० रामघाटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–६ स्थित कुखुरेटार छेउ दुधकोशी नदीको भङगालोमा हाल नाम, थर, बतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।