बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दशैँको चहलपहलसँगै बढ्यो ट्राफिक जाम

शुक्रबार, ०६ असोज २०७४, १२ : २३
शुक्रबार, ०६ असोज २०७४

काठमाडौँ । आज बिहानदेखि उपत्यकामा सवारी साधनहरु लामो जाम परेका छन् । उपत्यकामा चल्ने र बाहिरिने सवारी साधनहरूको सडकमा लामो लाइन लागेको छ । 

उपत्यकाका मुख्य चोकहरुमा सुस्त गतिमा सवारी साधनहरु गुडिरहेका छन् । कलंकी, नयाँबसपार्क र नारायण गोपालचोकमा  सवारी साधनहरुको लामो लाइन लागेको छ । चाबहिलमा दुई घण्टा भन्दा  बढी समय देखि यात्रुहरु जाममा फसेका छन् । चाबहिलबाट रिङरोड भित्र छिर्ने बाटोमा पनि गाडीको लामो लाइन लागेको छ ।

राजधानीमा यात्रु भित्रिने मुख्य नाका कलंकीमा सुस्त गतिमा सवारी गुडिरहेका छन् । कलंकी ट्राफिक प्रमुख विमल थापाका अनुसार सडकमा हिजो अस्तिको तुलनामा आज गाडीको संख्या बढेको छ । ‘ बाटोमा गाडी नविग्रेको अवस्थामा सवारी साधनहरु सुस्त गतिमा गुडिरहेको छ । बिग्रेको गाडीका कारण फरक फरक रुटलाई पालो दिएको अवस्थामा यात्रु केहि समय जाममा पर्ने गरेका छन् ।’ थापाले भने । 

विगतका दिनहरुमा भन्दा गौशाला, कोटेश्वर, सातदोबाटो ,बल्खु,कालीमाटी र त्रिपुरेश्वरमा गुड्ने सवारी साधनहरुको पनि चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ  । कोटेश्वरमा पनि बाहिरिनेहरुको संख्या तथा उपत्यकमा गुड्ने साधनहरुको चाप बढेको प्रहरी निरिक्षक मनोज शाहीले जानकारी गराए । 

ट्राफिक व्यवस्थापनका लागि चोकहरुमा खटिएका ट्राफिक प्रहरीहरुलाई यातायात व्यवस्थापन गर्न कठिन भएको छ । हिजो घटस्थापनाको विदा परेको साथै दशैंको किनमेल गर्न निस्कने सर्वसाधारणहरुको संख्या आज बढेकोले सवारी आवागमन सुस्त गतिमा गुडिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप