नेकपा नेता पन्तको शल्यक्रिया सफल
आइतबार, १४ मङ्सिर २०७७, १७ : ०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तको पित्तथैलीको शल्यक्रिया भएको छ ।
नेता पन्तको पित्तथैलीको आइतबार काठमाडौको मोडल अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।
पन्तको स्वास्थ्य अवस्थामा समस्या आएपछि २ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।