सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेट

आइतबार, १४ मङ्सिर २०७७, १८ : ०४
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे बीच भेट भएको छ ।  बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता पछि फेंग्हे शितलनिवास पुगेका हुन् ।  आईतबार एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्रीले यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटबार्ता गरेका थिए । सेनाको हेड्क्वार्टर जंगी अड्डामा प्रधान सेनापति थापाले फेंग्हेसँग सरकारको तर्फबाट कुराकानी र छलफल गरेका हुन् । 

चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा लामो सयम बिताएका छन् । चिनियाँ डेलिगेशन टिम र नेपाली सेनाबीच कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम सुचारु गर्नेबारे छलफल भएको छ ।  पूर्वघोषित चिनको सैन्य सहयोगबारे पनि छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।  चिनियाँ रक्षामन्त्री सहितको २० सदस्यीय डेलिगेशन टिम आईतबार साँझ एयर चाईनाको विमानमार्फत स्वदेश फर्किने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप