सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वीट्जरल्याण्डले दिने १ अर्ब २५ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने सरकारको निर्णय

आइतबार, १४ मङ्सिर २०७७, १८ : ११
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । मन्त्रिपरिषदको बैठकले स्वीट्जरल्याण्ड सरकारले दिने १ अर्ब २५ करोड रुपैयाँ बराबरको आर्थिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले नेपाल कृषि बजार विकास कार्यक्रम दोश्रो चरण, प्रदेश नम्बर १ का लागि स्वीट्रल्याण्ड सरकारबाट प्राप्त हुने ९ दशमलव ५४ मिलियन स्वीस फ्रेंक अनुदान स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

यस्तै आगामी मंसिर २२ गते हुने वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र मंसिर १८ र १९ गते हुने नेपाल भारत वाणिज्य सहसचिवस्तरीय अन्तर सरकारी उपसमितिको भर्चुअल बैठकमा भाग लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।  बैठकले नेपाली सेनाका लेखा महासेनानी गणेशसिंह भण्डारी तथा लेखा प्रमुख सेनानी रामबहादुर अर्यालको बढुवा गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप