आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सैन्य तालिम र शिक्षार्थी आदान-प्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री सहमत

आइतबार, १४ मङ्सिर २०७७, १८ : ३९
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । कोभिड–१९ को जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे सहमत भएका छन् । आईतबार जंगी अड्डामा फेंग्हेको डेलिगेशन टिम र नेपाली सेनासँगको छलफलमा उनले सो सहमति जनाएका हुन् । चिनियाँ रक्षामन्त्री र  प्रधानसेनापती पूर्णचन्द्र थापा सहभागी सामूहिक छलफलमा उनले सो सहमति व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

नेपालको औपचारिक भ्रमणका क्रममा फेंग्हेले प्रधानसेनापति थापासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका छन् । पूर्वघोषित नेपाली सेनाको विपद व्यवस्थापन क्षमता अभिबृद्धिको लागी चिनियाँ सरकारले २ अर्ब ४० करोड नेपाली रुपैयाँ पनि छिट्टै उपलब्ध गराउने फेंग्हेले प्रतिबद्धता जनाएका छन् ।  छलफल परराष्ट्र मन्त्रालका प्रतिनिधि पनि उपस्थित थिए । आगामी दिनमा उच्चस्तरीय भ्रमण लगायत द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने आश्वासन चिनियाँ रक्षमन्त्रीले दिएका छन् । 

नेपाली सेनाको कोभिड १९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागी पनि फेंग्हेले प्रतिबद्धता व्यक्त गरे ।  चिनियाँ रक्षामन्त्रीको भ्रमणले दुई देशका सेना रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर र मजवुद बनाउन थप मद्धत पुग्ने नेपाली सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप