सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अछाममा बस दुर्घटना, एक किशोरको मृत्यु

सोमबार, १५ मङ्सिर २०७७, १२ : २७
सोमबार, १५ मङ्सिर २०७७

अछाम । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन् । बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको जिल्ला ट्राफिक कार्यालयका ट्राफिक प्रहरी देवेन्द्र खड्काले बताए ।

उनले भने, “घटनासम्बन्धी अन्य विवरण आउन बाँकी छ ।” घाइतेको टाउको, ढाड तथा हात खुट्टामा बढी चोट लागेको बताइएको छ । बस सडकबाट ५० मिटर तल खसेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप