युमिडिजीका मोवाइल सेट सार्वजनिक
शुक्रबार, ०६ असोज २०७४, १५ : ०४
काठमाडौं– चीनको फोन उत्पादक कम्पनी युमिडिजी नेपाली बजारमा आफ्ना मोवाइल फोन सेट सार्वजनिक गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक वितरक भिभिडटेक इम्पेक्सले ५ वटा फोन सार्वजनिक गरेको हो ।
कम्पनीका जेनेरल म्यानेज गोविन्द सोनीका अनुसार जेड वान प्रो सहित अन्य ४ वटा नयाँ मोडलका फोन नेपाल भित्राएको हो । कम्पनीले सि नोट २, एस २, जेड १, सि २ फोन नेपाली बजारमा ल्याएको हो । यो सँगै अन्य फोन नेपाली बजारमा केही समयभित्रै आउने जनाइएको छ ।
यी फोनमा धेरै टिक्ने व्याट्री, गोरिल्ला ग्लास डिस्प्ले छ । यस्तै, क्यामेरामा सामसुङको आरएमसेल तथा सोनीको आईएसएक्स प्रयोग भएको कम्पनीले जनाएको छ । यी फोनको अभिनेत्री केकी अधिकारीले सार्वजनिक गरेको जनाइएको छ ।