सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा दुःख व्यक्त

बुधबार, १७ मङ्सिर २०७७, १५ : ३५
बुधबार, १७ मङ्सिर २०७७

काठमाडौं । नेपाली काँग्रेसले स्याङ्जा, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणकी माता फूलकुमारीको निधनप्रति दुःख व्यक्त गरेको छ । श्रीमती खाँणको मङ्गलबार वालिङ–९ स्थित आफ्नै निवासमा ८६ वर्षका उमेरमा निधन भएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल आज शोक वक्तव्यमार्फत पार्टीका तर्फबाट उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व.खाँण विसं २०१५ का निर्वाचित सांसद स्व.यमबहादुर खाँणकी धर्मपत्नी हुन् । श्रीमती खाँणले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप