नेप्सेको वृद्धि यात्रा जारी, परिसूचक ७०.६२ अंकले बढ्यो
नेप्से परिसूचक ७०.६२ अंकले बढेर २०७१.०२ विन्दुमा रोकिएको छ । आज ७ अर्ब ३७ करोड ४० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबर भएको छ ।
बुधबार ट्रेडिङबाहेक सबै समूहमा बढोत्तरी छ । जीवन बीमा समूहतर्फ आकर्षक वृद्धि देखिएको छ ।
यस समूहमा बुधबार ६०८ दशमलव ७३ अंकले वृद्धि भएको छ । यस्तै उत्पादन तथा प्रशोधन समूहतर्फ ३०३ दशमलव १३ अंकले बढेको छ ।
आजको कारोबारमा २०१ कम्पनी सामेल भएका थिए । पछिल्ला केही दिन यता सेयर बजारको वृद्धि यात्रा जारी छ ।
आज सबैभन्दा बढी कमाउनेमा लघुवित्त वित्तीय संस्था देखिएका छन् । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, एनएमबी माइक्रो फाइनान्स र विजय लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएका छन् ।
यस्तै आजको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा यूनिलिभर नेपाल, नेपाल बंगलादेश बैंक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।
सबैभन्दा बढी कारोबार हुनेमा नेपाल टेलिकम रहेको छ जसको ४० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो । दोस्रो बढी कारोबार हुनेमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ भने तेस्रोमा नबिल बैंक रहेको छ ।