सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुडलाईफ बेभरेजको गुडलाईफ म्याङ्गो ड्रिङ्क बजारमा

शुक्रबार, ०६ असोज २०७४, २१ : २८
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं – एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. तथा एसियन थाई फुड प्रा.लि.ले आफ्नो नयाँ कम्पनि गुडलाईफ बेभरेजको पहिलो उत्पादन गुडलाइफ म्याङ्गो जुस नेपाली बजारमा ल्याएकोछ ।

उत्कृष्ट म्याङ्गोपल्पहरु छनौट गरी बनाइएको यस म्याङ्गो जुस नकुहिने गरी सुरक्षितसँग टेट्रा प्याकमा प्याकिङ्ग गरिएको छ ।

“खाने होइन, पिउने म्याङ्गो” भनिएको यस म्याङ्गो ड्रिङ्कलाई दक्ष तथा अनुभवी कामदारहरुको प्रयोग गरी गुडलाईफ बेभरेजद्वारा नेपालमै उत्पादन गरिएको हो । २०० एम.एल. मा उपलब्ध हुने गुडलाइफ म्याङ्गो जुसकोमूल्य रु.२५ तोकिएको छ ।

यसै वर्ष सुनसरीको दुहबीमा स्थापना गरिएको गुडलाईफ बेभरेज, जाजु ग्रुप र शारदा गुप्रको संयुक्त प्रयासमा संचालन भई रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप