मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्व खाद्य कार्यक्रमको चेतावनी : ७५ वर्षयताकै विध्वंशकारी हुनसक्छ २०२१

शनिबार, २० मङ्सिर २०७७, २२ : ०५
शनिबार, २० मङ्सिर २०७७

संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम (डब्ल्युुएफपी) प्रमुख डेभिड बिस्लीले आउँदा महिनाहरु निकै सकसपूर्ण र विकराल हुने प्रक्षेपण गरेका छन् । उनले संयुक्त राष्ट्रसंघ स्थापनाको ७५ वर्षयता २०२१ मा सबैभन्दा ठूलो  ‘विध्वंशकारी मानविय संकट देखिनसक्ने’ चेतावनी दिए । 

शुक्रबार संयुक्त राष्ट्रसंघले आयोजना गरेको कोभिड १९ बारेको बैठकलाई विश्व स्वास्थ संगठन (डब्ल्युुुएचओ) प्रमुख टेडरोस अदानोम र डब्ल्युुएफपी प्रमुख बिस्लीले सम्बोधन गरेका थिए । 

यसक्रममा बिस्लीले कोरोना भाइस महामारी र यसको विश्वव्यापी असरबारे छलफल गर्नका लागि सबै राष्ट्र एक ठाउँमा हुनुपर्ने बताए । २७ करोड जनसंख्या भोकमरीतर्फ अघि बढिरहेको र केही देशमा खाद्यान्न संकटले ढोका ढक्ढक्याइरहेको उनले बताए  । 

‘यस चरणमा हामीले देखेअनुसार २०२१ विध्वंशकारी हुँदैछ,’ बिस्लीले भने, ‘किनकी हामीले अहिले १९ ट्रिलियन डलर खर्च गरेका छौं र २०२१ का लागि  सायद र संभवत धेरै हदसम्म यो रकम उपलब्ध हुनेछैन,’ उनले भने । 

कोरोनाभाइरसविरुद्धको भ्याक्सिन निर्माण दौड र आफ्नो आर्थिक संकट टार्ने विषयमा मात्रै ध्यान केन्द्रीत गरिरहेका धनी राष्ट्रहरुले विश्वव्यापी भोकमरीबारे पनि सोच्नुुपर्ने उनले बताए । महामारी र विभिन्न देशका सरकारले लिएको लकडाउन नीतिले थप चिन्ता बढाएको उनले बताए । ‘आर्थिक पाटोबाट हेर्दा रोगभन्दा यसको उपचार भयावह हुनसक्ने’ उनले बताए ।

सिरिया, यमन र दक्षिण सुुडानको उदाहरण दिदैं मानव सिर्जित द्वन्द्वले पनि भोकमरी बढाउन ठूलो भूमिका खेलेको उनले बताए । यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेस र उनका शीर्ष अधिकारीहरुले कोभिड १९ भ्याक्सिन सबैका लागि उपलब्ध हुनुुपर्ने र धनी राष्ट्रहरुले महामारी  नियन्त्रणका लागि विकासिल राष्ट्रहरुलाई सहयोग गर्नुपर्ने बताएका थिए । विश्वमा कोरोना संक्रमितहरुको संख्या ६ करोड ५० लाख नाघिसकेको छ । 

स्रोत : आरटी डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप