बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टाइफाइडका बिरामीले खानुहोस् यी पाँच खानेकुरा, हुनेछ फाइदा

आइतबार, २१ मङ्सिर २०७७, ०७ : ५२
आइतबार, २१ मङ्सिर २०७७

टाइफाइड साल्मोनेला टाइफी नामक ब्याक्टेरियाको संक्रमणले हुने गर्छ । यो ब्याक्टेरियाले आक्रमण गर्दा शरीरमा रगतको कमी हुन थाल्छ र हाम्रो प्रतिरोधी क्षमता र कलेजोले राम्रोसँग काम गर्न सक्दैन । टाइफाइड हुँदा उच्च ज्वरो आउँछ । कतिलाई झाडाको समस्या पनि देखिने गर्छ । टाइफाइड भएका बिरामीलाई डाक्टरले विशेष खान्कीको सल्लाह दिन्छन् ।

तरल पदार्थः

टाइफाइड भएका बेला प्यास नलाग्ने भएकोले बिरामीलाई डिहाइड्रेशनको समस्या हुनसक्छ । तपाईंलाई झाडाको समस्या पनि हुनसक्छ । यो खतराबाट बच्नका लागि धेरैभन्दा धेरै तरल पदार्थको सेवन गर्नुपर्छ । दैनिक कम्तीमा ८ गिलास पानी पिउनुहोस् । नरिवलको पानीले यो रोगमा निकै फाइदा पुर्याउँछ ।

कार्बोहाइड्रेटयुक्त खानाः

टाइफाइडको ज्वरो आउँदा कार्बोहाइड्रेटयुक्त खानाले शरीरमा फाइदा पुर्याउँछ । यद्यपि, तपाईंले के कुरा याद राख्नुपर्छ भने, तपाईंले जे खाँदै हुनुहुन्छ त्यो पचाउन खासै गाह्रो नहोस् । उसिनेको आलू, सख्खरखण्ड वा भातले यसमा फाइदा पुर्याउँछ ।

किसमिसः

टाइफाइडको ज्वरोबाट राहत पाउनका लागि किसमिस उत्कृष्ट खानेकुरा हो । यसलाई यूनानी औषधीको रुपमा पनि हेरिन्छ । किसमिसमा सिरे नुन हालेर वा त्यसलाई तावामा भुटेर खाँदा टाइफाइडको ज्वरो कम हुन्छ । उच्च ज्वरो आउँदा तपाईंले ४–५ वटा किसमिसलाई भुटेर खान सक्नुहुन्छ ।

दुग्ध उत्पादनः

टाइफाइड हुँदा बिरामी कमजोर महसुस गर्छन् । यस्तोमा शरीरलाई ताकतको आवश्यकता पर्छ र यसका लागि दुग्धजन्य खानेकुरा निकै फाइदाजनक हुन्छन् । शरीरलाई ऊर्जा प्रदान गर्नका लागि तपाईं दुधबाट बनेको खानेकुरा जस्तै, दही, दुधको सेवन गर्न सक्नुहुन्छ । साथै खानामा अण्डा पनि समावेश गर्न सकिन्छ ।

उच्च क्यालोरी भएको खानेकुराः

टाइफाइडको ज्वरो आउँदा डाक्टरले बिरामीलाई हाई क्यालोरीयुक्त खानेकुरा खान सल्लाह दिन्छन् । टाइफाइडको ज्वरो आउँदा बिरामीको शरीर कमजोर हुन्छ र बिस्तारै–बिस्तारै तौल पनि घट्न थाल्छ । यस्तोमा उच्च क्यालोरी भएका खानेकुराले शरीरलाई शक्ति दिने काम गर्छ । तपाईं केरा, सख्खरखण्ड, पिनट बटरजस्ता खानेकुरा खान सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप