बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जाडोयाममा ३० प्रतिशत बढी बर्न हुन्छ क्यालोरी, पाचन क्रिया राम्रो रहन्छ; स्वस्थ बनाउने पाँच खानेकुरा

आइतबार, २१ मङ्सिर २०७७, ०९ : २३
आइतबार, २१ मङ्सिर २०७७

जाडोयाममा हाम्रो शरीर चिसोबाट बच्नका लागि आफ्नै क्यालोरी बर्न गर्छ जसका कारण यो मौसममा शरीरलाई सामान्यभन्दा बढी नै क्यालोरीको आवश्यकता हुन्छ । जाडोयाममा हाम्रो पाचन क्रिया सामान्यभन्दा राम्रो हरन्छ अर्थात् यो मौसममा हामी आफ्नो डाइट बढाउन सक्छौं ।

यद्यपि, यो मौसममा शरीरको रोग प्रतिरोधी क्षमता कम हुन्छ । यो मौसममा बिरामी पर्ने आशंका बढी हुन्छ । भारतकी न्यूट्रिसनिष्ट सुरभी पारिकले यो मौसममा चिसो खानेकुरा खानबाट बच्नुपर्ने बताउँछिन् । यतिबेला आफ्नो खानामा बढीभन्दा बढी एन्टिअक्सिडेन्ट खानेकुरा समावेश गर्नुपर्ने उनको सल्लाह छ ।

यस्तोमा प्रश्न यो उठ्छ कि जाडोयाममा हामीले के खाने ? विज्ञका अनुसार चिसो मौसममा खानामा ऊर्जा दिने खालको र तातो खानेकुरा समावेश गर्नुपर्छ । यसो गरे तपाईंले केही दिनभित्रै आफूभित्र निकै भिन्नता पाउनुहुनेछ ।

जाडोयाममा पानीको विषयमा भ्रमः

भारतको हैदराबादस्थित आइसीएमआरको नेशनल इन्स्टिच्यूट अफ न्यूट्रिशन (एनआईएन) का अनुसार एक वयस्कले २४ घण्टामा ४ देखि ५ लिटर, ८ वर्षभन्दा माथिका बालबालिकाले ३ देखि ४ लिटर र ५ देखि ८ वर्षका बालबालिकाले २ देखि ३ लिटर पानी पिउन जरुरी छ ।

तर जाडोयाममा प्यास कम लाग्ने भएका कारण हामी गर्मीयाममा भन्दा आधा कम पानी पिउँछौं । डा. सुरभिका अनुसार जाडोयाममा प्यास नलागेता पनि हामीले त्यति नै पानी पिउनु पर्छ । चिसो मौसममा पनि शरीरमा पानीको कमीका कारण विभिन्न समस्या हुनसक्छन् ।

१. छोगडामा भिटामिन र मिनरल्सको भरपुर मात्रा

जाडोयाममा छोगडा निकै काम लाग्ने खानेकुरा हो । यसमा भिटामिन ए र बीको भरपुर मात्रा पाइन्छ । चिसोयाममा यो खाँदा शरीरमा गर्मी पैदा हुन्छ ।

यसबाहेक छोगडामा फस्फोरस, पोटासियम, क्याल्सियम र म्याग्नेसियमसमेत फाइबर पनि अत्यधिक मात्रामा पाइन्छ ।

यी सबै पोषक तत्व हाम्रो शरीरका लागि आवश्यक छ । विज्ञका अनुसार यसलाई रातीको खानामा र बिहानको नास्तामा लिन सकिन्छ ।

१०० ग्राम छोगडा यति पाइन्छ न्यूट्रिशनः

क्यालोरीः २४४

कार्बोहाइड्रेटः ७५ ग्राम

फाइबरः ७ ग्राम

प्रोटिनः २ ग्राम

पोटासियमः २० प्रतिशत

म्याग्नेसियमः १४ प्रतिशत

कपरः १८ प्रतिशत

म्यागनिजः १५ प्रतिशत

आइरनः ५ प्रतिशत

भिटामिन बीसिक्सः १२ प्रतिशत

छोगडाका फाइदाः

मुटुको समस्या हुँदैन

रक्तचाप नियन्त्रणमा हुन्छ

मधुमेह नियन्त्रणमा रहन्छ

हड्डी बलियो हुन्छ

२. सख्खरमा पाइन्छ आइरन, रक्तअल्पत्ता हुँदैन

 सख्खर हाम्रो शरीरका लागि निकै फाइदाजनक मानिन्छ । त्यसैले आज पनि थुप्रै मानिसहरु यसलाई खानामा समावेश गर्छन् । सख्खरमा भरपुर मात्रामा आइरन, म्याग्नेसियमसमेत विभिन्न पौष्टिक तत्व हुन्छन् ।

विशेषज्ञका अनुसार तपाईं यसलाई खानामा कसैगरी समावेश गर्न सक्नुहुन्छ । तपाईं यसबाट बनेको खानेकुरा वा सिधै सख्खर नै खान सक्नुहुन्छ । सख्खर पनि तातो हुन्छ । यसले हामीलाई चिसोबाट जोगाउँछ ।

१०० ग्राम सख्खरमा पौष्टिक तत्वः

क्यालोरीः ३८३

सुक्रोजः ६५–८५ ग्राम

फ्रेक्टोज र ग्लूकोजः १०–१५ ग्राम

प्रोटिनः ०.४ ग्राम

फ्याटः ०.१ ग्राम

आइरनः ११ मिलिग्राम

म्याग्निसियमः ७०–९० मिलिग्राम

पोटासियमः १०५० मिलिग्राम

म्याग्निजः ०.२–०.५ मिलिग्राम

सख्खरका फाइदाः

– मेटाबोलिजम राम्रो हुन्छ

– रक्तअल्पत्ता हुने खतरा कम रहन्छ

– रोग प्रतिरोधी क्षमता बलियो रहन्छ

३. जाडोयाममा विभिन्न प्रकारको रोगबाट बचाउँछ तिलः

तिलले पनि गर्मी पैदा गर्छ, त्यसैले यसलाई जाडोयाममा खाँदा निकै फाइदा मिल्छ । यसमा मोनो स्याचुरेटेड फ्याटी एसिडका साथै भारी मात्रामा एन्टी ब्याक्टेरियल मिनरल्स पनि हुन्छ । यसले जाडोयाममा हाम्रो शरीरलाई गर्मी राख्नुका साथै हामीलाई भाइरलबाट पनि जोगाउँछ ।

विज्ञका अनुसार हाइपरटेन्सन, मोटोपना र मुटुको समस्या हुनेहरुले तिल खानुहुँदैन । यसमा पाइने स्याचुरेटेड फ्याटी एसिडले ती समस्या बढाउन सक्छ । तर यस्ता समस्या नहुनेहरुलाई तिलले जाडोयाममा निकै फाइदा पुर्याउँछ ।

२८ ग्राम तिलमा पौष्टिक तत्वः

क्यालोरीः १६०

फाइबरः ३.३ ग्राम

प्रोटिनः ५ ग्राम

मोनो अन–स्याचुरेटेड फ्याटः ५.३ ग्राम

ओमेगा सिक्सः ६ ग्राम

फ्याटः ६ ग्राम

कपरः ५७ प्रतिशत

म्यागनिजः ३४ प्रतिशत

म्याग्नेसियमः २५ प्रतिशत

तिलका फाइदाः

– क्यान्सरको खतरा कम हुन्छ

– कोलेस्ट्रोल धेरै बढ्न दिँदैन

– मुटु स्वस्थ राख्छ

– छालाका लागि फाइदाजनक

४. गाजरमा लगभग सबै प्रकारको भिटामिन

गाजर मुटु, दिमाग, नसाका साथै समग्र स्वास्थ्यका लागि फाइदाजनक  छ । गाजरमा भिटामिन ए, बी, सी, डी, ई, जी र के पाइन्छ । तसर्थ यसले हाम्रो शरीरलाई विभिन्न पौष्टिक तत्व प्रदान गर्छ ।

विज्ञका अनुसार एउटा गाजरले हामीलाई हाम्रो दैनिक खपतभन्दा ३०० प्रतिशत बढी भिटामिन ए दिनसक्छ ।

सय ग्राम गाजरमा पौष्टिक तत्वः

क्यालोरीः ४१

पानीः ८८ प्रतिशत

प्रोटिनः ०.९ ग्राम

कार्ब्सः ९.६ ग्राम

चीनीः ४.७ ग्राम

फाइबरः २.८ ग्राम

फ्याटः ०.२ ग्राम

स्याचुरेटेड फ्याटः ०.०४ ग्राम

मोनो अन–स्याचुरेटेडः ०.०१ ग्राम

पोली अन–स्याचुरेटेडः ०.१२ ग्राम

ओमेगा सिक्सः ०.१२ ग्राम

गाजरका फाइदाः

– आँखा कमजोर हुन दिँदैन

– क्यान्सरको खतरा कम हुन्छ

– ब्लड कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ

– तौल कम गर्न सहयोगी

५. बदाममा भरपुर मात्रामा प्रोटिनः

– बदाममा प्रोटिन र हेल्दी फ्याटका साथै विभिन्न भिटामिन र मिनरल्स पाइन्छ । विज्ञका अनुसार सय ग्राम काँचो बदाम १ लिटर दुधको बराबर प्रोटिन हो ।

– यसको तेल, आँटा, प्रोटिनबाहेक पनि थुप्रै चिज बन्छ र यसले बनेको चिजको उपयोग डेजर्ट, केक, कनफेक्सनरी, स्न्याक्स र सस बनाउन पनि गरिन्छ ।

१०० ग्राम बदाममा पौष्टिक तत्वः

क्यालोरीः ५६७

पानीः ७ प्रतिशत

प्रोटिनः २५.८ ग्राम

कार्ब्सः १६.१ ग्राम

चीनीः ४.७ ग्राम

फाइबरः ८.५ ग्राम

फ्याटः ४९.२ ग्राम

स्याचुरेटेड फ्याटः ६.२८ ग्राम

मोनो अन–स्याचुरेटेडः २४.४३ ग्राम

पोली अन–स्याचुरेटेडः १५.५६ ग्राम

ओमेगा सिक्सः १५.५६ ग्राम

बदामका फाइदाः

– तौल कम गर्न सहयोगी

– छालाका लागि फाइदाजनक

– पाचन क्रिया बलियो रहन्छ

– शरीरमा मिनरल्सको कमी पूरा गर्छ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप