आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ तालिबान लडाकू मारिए

आइतबार, २१ मङ्सिर २०७७, १४ : ३६
आइतबार, २१ मङ्सिर २०७७

काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।  कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ । 

शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ । तालिबान विद्रोहीहरुले उक्त घटनाका बारेमा केही बताउन चाहेका छैनन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप