सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१२३ अंकले घट्यो सेयर बजार, ‘नेगेटिभ सर्किट’पछि कारोबार बन्द

आइतबार, २१ मङ्सिर २०७७, १४ : ४४
आइतबार, २१ मङ्सिर २०७७

काठमाडौं । सेयर बनारमा नेगेटिभ सर्किट लागेको छ । आइतबारको सेयर बजार ६ प्रतिशतले घटेर समयभन्दा अघि नै कारोबार बन्द भएको हो । दिउँसो २ बजेर १३ मिनेट जाँदा बजार बन्द भएको हो । बिहीबार अघिल्लो कारोबार दिनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक २ हजार ५५ विन्दुमा रोकिएको थियो । आइतबार बजार परिसूचक १ सय २३ अंकले घटेर १ हजार ९ सय ३२ अंकमा झरेको छ । 

नेप्सेको सर्किट ब्रेकर प्रणाली अनुसार बजारमा एकैदिन ६ प्रतिशतभन्दा बढी बिन्दुले बजार घटेमा त्यो दिनको कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । 

आइतबार बजारमा १ सय ९७ वटा कम्पनीको कारोबार भएकोका ८ वटा कम्पनीको मूल्य बढ्दा बाँकी १ सय ८८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । 
यो दिन कारोबार भएका सबै उपसमूहहरु नकारात्मक रहे पनि अन्य समूहm जीवनबीमा, माइक्रोफाइनान्स लगायत उपसूचकमा देखियो । १० वटा कम्पनीको बजारमूल्यमा शुक्रबार नकारात्मक सर्किट लागेको छ । 

बिहीबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा सेयर कर्जासम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने व्यवस्थापछि सेयर बजारमा यस्तो गिरावट देखिएको हो । त्यसो त नेपाल धितोपत्र बोर्डले लगानी गर्दा सचेत हुन लगानीकर्तालाई हाग्रह गरेकोले पनि बजारको वृद्धिमा यसअघि असर परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप