आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीएमडब्लुको आधिकारीक बिक्री सुरु, साथमा ‘प्रिमियम कस्टमर सर्भिस’

सोमबार, २२ मङ्सिर २०७७, १२ : ४५
सोमबार, २२ मङ्सिर २०७७

काठमाडौं। नेपालको लागि बीएमडब्लु मोटर्सको एकमात्र आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम सहित बीएमडब्लु ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको छ । 

जर्मन ब्राण्ड बीएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बीएमडब्लु एशिया र बीएमडब्लु बंगलादेशसँग सहकार्य गरेको छ । 

बीएमडब्लु ब्राण्डले अन्तर्राष्ट्रिय स्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरुलाई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूती प्रदान गर्ने र प्रिमियम ‘वनर सिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको छ । 

नेपालमा बीएमडब्लु ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बीएमडब्लु ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बीएमडब्लु उत्साहित भएको छ । नेपाली बजार बीएमडब्लुको लागि निकट भविष्यमा उदाउँदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बीएमडब्लु ब्राण्डको उपस्थिति बलियो हुनेछ । र, बीएमडब्लुका ग्राहकहरुले ‘डाइनामिक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।

लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठ भन्छन्, ‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौं । हामी हाम्रा ग्राहकहरुलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चान्छौं र उनीहरु सँधै हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौं । हाम्रो टिम तपाईहरुलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ ।’ 

श्रेष्ठले ग्राहकले शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउञ्ज र आकर्षक ‘ईसेटा बार’को अनुभव गर्न पाउने पनि जनाए । 

ग्राहकलाई अहिलेको विषम परिस्थितिमा ‘कनट्याक्ट लेस’ टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेभसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्नेछन् । साथै टेष्ट ड्राइभमा छनोट गरेको वा खरिद गरेको कार पूर्णत सेनिटाइज गरिएको हुने पनि कम्पनीले जनाएको छ । 

बिएमडब्लु बंगलादेशले नेपालमा बिएमडब्लुको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरुको तयारी गर्न र उच्चस्तरिय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ । साथै, बिएमडब्लु बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहो¥याउने अपेक्षा कम्पनीको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप