बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यी ८ कारणले गन्हाउँछ सास, कसरी पाउने छुटकारा

मङ्गलबार, २३ मङ्सिर २०७७, १० : ५४
मङ्गलबार, २३ मङ्सिर २०७७

सास गन्हाउने अर्थात् मुखबाट आउने दुर्गन्ध एउटा यस्तो समस्या हो जसले धेरै मानिसहरुलाई दुःख दिइरहेको हुन्छ । कहिले काँही यो गन्ध यति तेज हुन्छ कि कसैसँग कुरा गर्न पनि मुश्किल हुन्छ । यसका विभिन्न कारण हुनसक्छन् । आउनुहोस् यसबारे जानकारी लिऔं ।

मद्यपानः

मद्यपानको सेवन गर्दा मुखबाट असाध्यै कडा गन्ध आउने गर्छ । तरल पदार्थ भएका कारण रक्सी पिएपछि मुख सुक्ने गर्छ र यसका कारण ब्याक्टेरिया बन्न थाल्छ । मेडिकल भाषामा भन्ने हो भने यो ब्याक्टेरियाका कारण हेलिटोसिक अर्थात् मुखबाट दुर्गन्ध आउन थाल्छ । यसबाहेक कफी, मसालेदार खाना र चुरोटका कारण पनि मुख सुक्छ । मुख सुकेका कारण सुतिरहेका बेला र्याल बन्न सक्दैनँ जसका कारण सास गन्हाउने गर्छ ।

जिब्रोः

जिब्रोमा भएको ब्याक्टेरियाका कारण पनि सास गन्हाउँछ । त्यसैले ब्रश गरेपछि आफ्नो जिब्रो सधैं सफा गर्न आवश्यक छ । यसका लागि प्लास्टिकको साटो मेटलको टङ्ग क्लिनर प्रयोग गर्नुहोस् । यसले तपाईंको जिब्रोलाई सफा राख्छ र मुखबाट दुर्गन्ध पनि आउँदैन ।

रुघा–खोकीः

रुघा–खोकी वा ब्रोन्काइटिसजस्ता संक्रमणका कारण पनि सास गन्हाउँछ । यी ब्याक्टेरिया खकारमा पाइन्छ । नाक बन्द हुँदा तपाईं मुखबाट सास फेर्नुहुन्छ जसका कारण मुख सुक्छ र सास गन्हाउने गर्छ ।

नट्सः

केही नट्स निकै मिठा हुन्छन् तर यसमा निकै सजिलै ब्याक्टेरिया आउँछन् । जस्तै १÷४ कप किसमिसमा २१ ग्राम चीनी हुन्छ । खुर्पानीको समान मात्रामा १७ ग्राम चीनी हुन्छ । यद्यपि, यसमा प्राकृतिक मिठास हुन्छ जसले शरीरलाई फाइदा पुर्याउँछ । कुनै नट्स चिपचिप हुन्छन् जुन दाँतमा फस्टन् । यसका कारण सास गन्हाउँदैन । त्यसैले नट्स खाएको केही बेरमा ब्रस गर्नुपर्छ ।

लो कार्ब डाइटः

लो कार्ब डाएट र धेरै प्रोटिन लिँदा पनि सास गन्हाउँछ । यस्ता खानामा फ्याट बर्न हुने जुन प्रक्रिया हुन्छ त्यसले किटोन बनाउँछ । किटोनका कारण सास गन्हाउँछ । यसका लागि राम्रो के हो भने केही समयको अन्तरालमा च्विङ्गम चपाइरहनु ।

औषधीः

एन्टिडिप्रेसेन्ट र एलर्जीसहित ४ सयभन्दा बढी औषधी यस्ता हुन्छन् जसले मुखमा र्यालको प्रवाह रोक्छ । यी र्यालले मुखबाट ब्याक्टेरियालाई टाढा राख्छ । यदि तपाईं यस्ता औषधीको सेवन गरिरहनुभएको छ भने आफ्नो लिक्विडको मात्रा बढाउनुहोस् । अत्यधिक पानी पिउनुहोस् । तपाईं चीनी नहालिएको च्विङ्गम पनि चपाउनु सक्नुहुन्छ । मुखलाई सधैं सफा राख्नुहोस् ।

टन्सिल स्टोनः

टन्सिल स्टोन ब्याक्टेरिया, खानाका साना कण, मृत कोसिका र खकारले बनेका हुन्छन् । यो तपाईंको टन्सिल र तपाईंको जिब्रोको पछाडिको भागमा फस्छन् । यसले कुनै प्रकारको क्षती त पुर्याउँदैन तर सास भने गन्हाउँछ । यदि तपाईंलाई यस्तो समस्या छ भने खाना खाएको केही बेर पछि पानीले कुल्ला गर्नुहोस् ।

पाचन शक्तिमा समस्याः

कहिले काँही हामी यस्ता खानेकुरा खान्छौं जुन सजिलै पच्दैनन् । यसका कारण छाती पोल्ने, पेट फुल्ने र एसिडिटीको समस्या हुन थाल्छ । यसै कारण सास गन्हाउने पनि गर्छ । यस्ता कुरा खानबाट बच्नुहोस् जसले पाचन क्रियालाई हानी पुर्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप