बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ब्लु लोटस हेल्थ होमले निःशुल्क स्वास्थ्य शिबिर गर्दै

मङ्गलबार, २३ मङ्सिर २०७७, १८ : ०९
मङ्गलबार, २३ मङ्सिर २०७७

नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञ सहितको समूहबाट संञ्चालित ब्लु लोटस हेल्थ होमले यही मंसीर २२ गते देखी ३० गते सम्मको लागि निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गर्दै आएको छ। 

ललितपुरको सातदोबाटो नजिकै ताल्छिखेल चोकमा रहेको उक्त ब्लु लोटस हेल्थ होमले लामो समय देखी कोभीड–१९  को डरले आम मानिसहरुले स्वास्थ्य सेवा नलिरहेको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अनुरुप निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गरेको जनाएको छ।

उक्त हेल्थ होमका संस्थापक अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञ डा. सुरज कर्माचार्यले भने ‘हामीले खास गरी समाजका सिनियर सिटिजन्सलाई लक्षित गरेर यो अवसर ल्याएका छौं । मुलत, लामो समय देखि कोभीड–१९ को डरले हस्पिटल नगई घरमै शारीरिक पीडा ब्यबस्थापन गरीरहनुभएकाहरुले लाभ लिन सक्नुहुनेछ। हामीले यस अवसरमा बिरामीको दुखाई ब्यवस्थापको लागि बिभिन्न उपायहरु निःशुल्क सिकाइ सहयोग गर्नेछौं ।’

हेल्थ होमका प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीका  अनुसार उक्त शिबिरमा ढाड दुख्ने, कम्मर दुख्ने, घुंडा, गर्दन, जोर्नी दुख्ने, हड्डी खिईएको, नसा च्यापीएको, हात खुट्टा झमझमाउने, प्यारालाइसिस, मुख बङ्गिएको, टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, ग्यस्ट्रिक्स, जन्डिस, पाइल्स, दम, कान कराउने, कान नसुन्ने, महीनावारी गडबढी, मटोपन आदी रोगको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। 

कार्कीले भने ‘आजभोली अस्वस्थकर जीबनशैलीको कारण आम मानिसमा सर्ने रोग भन्दा नसर्ने रोग बढ्दै गएकोले नसर्ने प्रकृतिका रोगको उपचार र पूर्ण छुटकाराको लागि यो शिबिरले सहयोग गर्ने अपेक्षा राखेका छौं ।’

उक्त अवसरमा अकुपञ्चर बिशेषज्ञ तथा हेल्थहोमका डा. इश्वर ज्ञावलीकाअनुसार स्वास्थ्य शिबिर आगामी ३० गतेसम्म हरेक दिन बिहान ८ बजे देखी २ बजेसम्म संञ्चालन हुनेछ र शिबिरमा आउनको निमित्त फोन गरेर नाम दर्ता गराउनु पर्नेछ । 

ब्लु लोटस हेल्थ होममा अनुभबी अकुपञ्चर बिशेषज्ञहरुबाट अकुपञ्चर दिनुको साथै फिजियोथेरापी, आयुर्वेद, पञ्चकर्म, कपीङ, प्राकृतिक चिकित्सा आदीको माध्यमबाट बिभिन्न रोगको  प्रभावकारी उपचार गरिने हेल्थहोमले बताएको छ।उक्त हेल्थहोममा युवा तथा वयस्कहरुलाई लक्षित गरेर बिशेष मेडिकल तथा रिल्याकशेसन मसाज गर्ने समेत बताएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप