बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

छात्रवृतिमा विशेषज्ञ पढेका चिकित्सकलाई ५ दिनभित्र अस्पतालमा हाजिर हुन स्वास्थ्य मन्त्रालयको निर्देशन

मङ्गलबार, २३ मङ्सिर २०७७, २१ : ०३
मङ्गलबार, २३ मङ्सिर २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्तिका चिकित्सकलाई ५ दिन भित्र अस्पतालहरुमा हाजिर हुन निर्देशन दिएको छ ।  छात्रवृति सम्झौताअनुसार स्वास्थ्य मन्त्रालयले खटाएको ठाउँमा हाजिर हुन नगएपछि सरकारले यस्तो सूचना जारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयले खटाइएको सरकारी अस्पतालमा हाजिर नभए कारबाही अगाडि गर्ने चेतावनी दिएको छ । समयमै हाजिर नभए सरकारका तर्फबाट लगानी असुल उपर गर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएका छ । 

छात्रवृति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६(१) को प्रावधान अनुसार मन्त्रालयसमक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध, काठमाडौं, त्रिवि शिक्षण अध्ययन संस्थान(आइओएम) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडिरएमएसरएमडिएस मा अध्ययन गरि मन्त्रालयले सरकारी अस्पतालमा खटाईएको अस्पतालमा ५ दिन भित्रमा हाजिर हुन निर्देशन दिएको हो ।  

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप