बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नागरिक अगुवाहरुद्वारा कोरोना खोपमा खरिद गर्दा पारदर्शिता अपनाउँन आग्रह

मङ्गलबार, २३ मङ्सिर २०७७, २१ : ४२
मङ्गलबार, २३ मङ्सिर २०७७

नागरिक अगुवाहरुले सरकारलाई कोरोनाभाइरस विरुद्वको खोप छनोट, आयात र वितरणलाई पारदर्शी गराउँन आग्रह गरेका छन् । कोरोना विरुद्वको खोप छनोट र आयातका लागि समयमै गृहकार्य गर्न भन्दै मंगलबार अपील गरेका हुन । खोप खरिद गर्न ठूलो आर्थिक भार पर्ने भएकाले प्रभावकारी र चुस्त ढङले अगाडि बढ्न सरकारलाई नागरिक अगुवाहरुको आग्रह छ । 

आयातदेखि वितरणसम्म्म प्राथमिकता निर्धारणसम्म गरेर पारदर्शी र प्रक्रिया अपनाएर सरकार अगाडि बढेमाकोरोना महामारी नियन्त्रण गर्न बल पुग्ने समेत उनीहरुको भनाइ  छ । महामारी नियन्त्रणको प्रारम्भिक चरणमा झैं अव्यवस्था र अनियमितता भए त्यसले यो संकटलाई झनै लामो बनाउन समेत नागरिक अगुवाहरुको भनाइ छ ।

यसरी विज्ञप्ति जारी गर्नहरुमा पूर्वप्रधान्यायाधीश सुशीला कार्की, महेशकुमार उपाध्याय, सुरेशराज शर्मा, विद्याधर मलिक, केदारभक्त माथेमा,अनुराधा कोइराला, विमल कोइराला, नोवेलकिशोर राई, मोहना अन्सारी र रमेश खरेल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप