आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्वीटरमा ट्रम्पले जिते, बाइडेन दोस्रोमै खुम्चिए

बुधबार, २४ मङ्सिर २०७७, १६ : ४५
बुधबार, २४ मङ्सिर २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपतिय चुनावमा जो बाइडेन विजयी भइसकेका छन् । उनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएर भावी राष्ट्रपतिको कुर्सी सुुनिश्चित गरेका हुन् ।  यद्यपी, ट्वीटरमा भने जो बाइडेनको प्रसिद्धी ट्रम्पभन्दा कमै रहेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वर्ष २०२० मा सबैभन्दा धेरै ट्वीट गरिएका व्यक्ति हुन् भने यो सूचीमा बाइडेन दोस्रो नम्बरमा छन् ।

ट्वीटरको वार्षिक समिक्षाअनुसार सर्वाधिक ट्वीट गरिएका व्यक्तिको सूचीमा तेस्रो नम्बरमा जर्ज फ्लोइड छन् । जर्ज फ्लोइड तीनै व्यक्ति हुन्, जसलाई प्रहरीले गत अक्टुुबरमा आफ्नो नियन्त्रणमा रहेका बेला घाँटी थिचेर मारेको थियो । उनको मृत्युपछि रंगभेदविरुद्धको आन्दोलन अमेरिकामा निरन्तर चर्किएको छ । 

यस सूचीमा अधिकांश अमेरिकीहरु नै छन् । जसमध्ये चौथो स्थानमा कोबे ब्रायन्टको नाम समावेश छ । बास्केटबल स्टार कोबे ब्रायन्टको ४१ वर्षको उमेरमा २६ जनवरीमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । यस दुर्घटनामा उनकी १३ वर्षीया छोरीसहित अन्य ७ जनाको निधन भएको थियो ।

यस सूचीको पाँचौ स्थानमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा छन् । त्यस्तै सातौं स्थानमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छन् ।  यसैगरी यस वर्ष सबैभन्दा धेरै प्रयोगमा आएको ह्यासट्याग कोभिड १९ रहेको छ । दोस्रो नम्बरमा ‘ब्ल्याक लाईभ्स म्याटर्स’ र तेस्रो नम्बरमा ‘स्टे होम’ छन् ।

विश्वव्यापी रुपमा यस वर्ष प्रति मिनेटमा टिभी र फिल्मबारे ७ हजारभन्दा धेरै ट्वीट गरिएका छन् । त्यस्तै, कुुकिङबारेका ट्वीट पनि गत वर्षको दाँजोमा झन्डै तेब्बरले बढेको छ । यस वर्ष खेलकुदका धेरै प्रतियोगिता रोकिएका थिए, यद्यपि २ अर्ब ट्वीट अझै पनि खेलकुदकै विषयमा गरिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप