सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साइप्रसमा ४७ नेपालीमा कोरोना पुष्टि

बुधबार, २४ मङ्सिर २०७७, १८ : ०९
बुधबार, २४ मङ्सिर २०७७

युरोपेली मुलुक साइप्रसमा  बुधवार थप ३ जना नेपालीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज भेटिएकाहरु एक जना पाफोस सहर  र दुई जना निकोसिया सहरका विद्यार्थीहरु रहेका छन् ।

मगंगलबार पनि ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । जसमा आईयानापामा २ जना घरेलु कामदार, लिमासोलमा एक जना महिला, निकोसियामा २ जना विद्यार्थी र पाफोसमा १ जना विद्यार्थी रहेका छन् । योसँगै साइप्रसमा संक्रमित नेपालीको संख्या ४७ पुगेको एनआरएनए साइप्रसका सचिव पुरन मगरले जानकारी दिए । 

कोरोना संक्रमणबाट बच्नका लागि गैरआवासीय नेपाली संघ साइप्रसले आफ्नो पदाधिकारी लगायत विभिन्न १२ भन्दा बढी समाजिक सघंसस्थाहरुसँग समन्वय गरेर जनचेतना जगाउने , समास्यामा परेकालाई सहयोग गर्ने जस्ता कार्य गरिरहेको सचिव मगरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप