सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पूर्व सांसद लामाको निधनप्रति प्रधानमन्त्रीबाट दुःख व्यक्त

बिहीबार, २५ मङ्सिर २०७७, १३ : ०२
बिहीबार, २५ मङ्सिर २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व सांसद् कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले एक वक्तव्य जारी गर्दै दुःखद् घडीमा दिवंगत कमानसिंह लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना ब्यक्त गरेका छन् ।

निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम)बाट कम्युनिस्ट पार्टीको सदस्य भइ लामाले राजनीतिक परिवर्तन तथा सामाजिक सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका थिए । ‘२०४८ सालको आम निर्वाचनपछि काभ्रे क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामासँग संसद्मा भएको सहकार्य यस क्षणमा मैले स्मरण गरिरहेको छु । मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहने छ’, प्रधानमन्त्री ओलीले लामाले गरेको योगदानको स्मरण गरेका छन् । 

निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा प्रतिनिधिसभाको सदस्यका रुपमा जनपक्षीय भूमिका खेलेका लामाले केही समय कोरियाका लागि नेपाली राजदूतको भूमिका समेत निर्वाह गरेका थिए । उनको गएराती निधन भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप