बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रगत बढाउनेदेखि प्रतिरोधी क्षमता बलियो बनाउनेसम्मः थाहा पाउनुहोस् जाडोयाममा सख्खरका ८ फाइदा

बिहीबार, २५ मङ्सिर २०७७, १५ : २६
बिहीबार, २५ मङ्सिर २०७७

सख्खरलाई चिनीको सबैभन्दा स्वस्थ विकल्प मानिन्छ । सख्खरमा प्राकृतिक मिठास पाइन्छ जुन खाँदा स्वादिष्ट हुनुका साथै शरीरका लागि निकै फाइदाजनक हुन्छ । सख्खरको प्रयोग जाडोयाममा अत्यधिक गरिन्छ । सख्खरमा प्रोटिन, कोलीन, बिटेन, भिटामिन बी१२, बी६, फोलेट, क्याल्सियम, आइरन, फस्फोरस, म्याग्नेसियम, सेलेनियम, म्यागनिज र कार्बोहाइड्रेट हुन्छ । यसका विभिन्न गुणका कारण यसलाई सुपर स्विटनर पनि भनिन्छ । आउनुहोस्, यसका ८ फाइदाबारे जानकारी लिऔं । 

दममा उपयोगीः

दम र ब्रोन्काइटिसलाई रोक्ने काम गर्छ । जो व्यक्तिमा श्वास प्रणालीमा संक्रमण छ वा सास सम्बन्धि केही समस्या छ भने ती मानिसहरुले सख्खर खानुपर्छ । तिलसँग सख्खरको सेवन गर्नु थप लाभदायी हुन्छ । तिल र सख्खर सँगै खाँदा सास सम्बन्धि समस्या टाढा रहन्छ । 

तौल नियन्त्रणमा प्रभावकारीः

सख्खरको थोरै मात्राले तौल घटाउनमा मद्दत गर्छ । सख्खर पोटासियमको राम्रो स्रोत हो जसले इलेक्ट्रोलाइट्सलाई सन्तुलित राख्छ, प्रतिरोधी क्षमता बढाउँछ र मांसपेशीलाई बलियो बनाउँछ । पोटासियमले तौल घटाउन एक प्रमुख भूमिका निर्वाह गर्छ । 

रक्तचाप नियन्त्रण गर्छः

सख्खरमा पोटासियम र सोडियम पाइन्छ जसले शरीरमा एसिडको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्छ । यसका कारण रक्तचापको स्तर सामान्य बनिरहन्छ । जसको रक्तचाप कम छ, उनीहरुलाई सख्खरले निकै फाइदा पुर्याउँछ । 

रुघा–खोकीमा फाइदाजनकः

सख्खरले रुघा–खोकी वा फ्लूमा निकै फाइदा पुर्याउँछ । यसले शरीरभित्र गर्मी पैदा गर्छ जसका कारण फ्लूसँग लड्न मद्दत मिल्छ । धेरै फाइदा पाउनका लागि सख्खरलाई तातो दुधमा मिसाएर पिउनुहोस् वा यसको चिया पनि बनाएर पिउन सक्नुहुन्छ । 

जोर्नी दुखाईलाई कम गर्छः

सख्खरले जोर्नी दुखाईमा आराम प्रदान गर्छ । जसलाई यस्तो समस्या भइरहेको छ, उनीहरुले दैनिक सख्खर खानुपर्छ । अदुवासँगै सख्खर खाँदा यसको असर चाँडै नै देखिन्छ । 

प्रतिरोधी क्षमता बढाउँछः

सख्खरमा सेलेनियम र जिंकजस्ता एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । यसले शरीरलाई फ्रि रेडिकल्स र संक्रमणबाट बचाउने काम गर्छ । यसैकारण सख्खरको सेवन जाडोयाममा बढी गरिन्छ । 

रक्तअल्पत्ता कम गर्छः

रक्तअल्पत्ता रोक्नका लागि शरीरमा आरबीसीको पर्याप्त स्तर, आइरन र फोलेट हुन आवश्यक छ । सख्खरमा आइरन र फोलेट उच्च मात्रामा हुन्छ जसले रक्तअल्पत्ता रोक्छ । रक्तअल्पत्ताका बिरामीलाई डाक्टरले पनि सख्खर खान सल्लाह दिन्छन् । यसका साथै सख्खरले रगतलाई पनि सफा गर्छ । 

महिनावारीको पीडा कम गर्छः

महिनावारीको पीडा काम गर्नका लागि सख्खर एक प्राकृतिक उपचारको काम गर्छ । जसलाई महिनावारी हुँदा मूड स्विङ्ग हुन्छ, उनीह्रु पनि सख्खर खानुपर्छ । यसले मुड राम्रो बनाउँछ र शरीरलाई पनि आराम दिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप