सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चोरीका मोटरसाइकलसहित २ जना पक्राउ

बिहीबार, २५ मङ्सिर २०७७, १७ : ४४
बिहीबार, २५ मङ्सिर २०७७

काठमाडौं । बारा प्रहरीले चोरीका मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान बाराको निजगढ नगरपालिका ९ स्थित पूर्व पश्चिम राजमार्गमा चकेजाँच गर्ने क्रममा २ जना मोटरसाइकलसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाराकै निजगढ ७ बस्ने २२ वर्षीय मानबहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने कृष्ण दर्लामी मगर रहेका छन् ।

उनीहरुको साथबाट चोरी गरी ल्याइएको बा ९७ प ३१०९ र बा६८प ५५९५ नम्बरका २ ओटा पल्सर मोटरसाईकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप