मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बनेपामा जेसीबीको आधिकारिक आउटलेट

बुधबार, ०७ असार २०७४, १८ : १५
बुधबार, ०७ असार २०७४

काठमाडौं–नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले बनेपामा पहिलो अथराइज्ड रिटेल आउटलेट (एआरओ) सुरु गरेको छ । जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउने छन् । 


काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लु अर्थमुभर्सले ग्राहकको सुविधालाई ध्यानमा राखेर आधिकारिक आउटलेट सुरु गरेको हो । नयाँ ‘एआरओ’को उद्घाटन काभ्रे उद्योग वाणिज्य संघका सदस्यद्वय सुर कृष्ण बैद्य र दिल सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । 
एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका स्थान जस्तै गल्छी, दोलखा, लाहान र हेटौडामा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएका कारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । 


नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । अझ टाढैबाट मेसिनबारे जानकारी दिने लाइभलिंक प्रविधिले गर्दा जेसीबी मेसिनको उत्पादकत्व अझ बढेको छ ।


नेपालमा जेसीबी मेसिनको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । एमएडब्लु अर्थमुभर्सले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकपुरबाट सेल्स, सर्भिस र स्पेयर पार्टस्को सेवा दिइरहेको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप