सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चोरीको मोटरसाइकलसहित ४ जना पक्राउ

शुक्रबार, २६ मङ्सिर २०७७, १९ : ५०
शुक्रबार, २६ मङ्सिर २०७७

भक्तपुर । प्रहरीले चोरीको मोटरसाइकल सहित चार जनालाई भक्तपुरबाट पक्राउ गरेको छ ।  बिहिबार राती १० बजे भक्तपुर नगरपालिका वडा नं. ४ राममन्दिर र चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीबाट मोटरसाइकल हराएको सूचना प्रहरीलाई आएको थियो । 

खबर प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले ताथलीमा चेकजाँच गर्ने क्रममा सोही राती बा. ८३ प. ७७७३ नम्बरको मोटरसाइकल सहित दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । 
सुर्यविनायक नगरपालिका वडा नम्बर ८ सुर्यविनायकबाट प्र. ३–०२–००८ प. ७५८५, र प्र. ३–०२–०१४ प. ०५९४ नम्बरको मोटरसाइकल सहित शुक्रबार दिउँसो दुई जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । 
पक्राउ पर्नेमा दोलखा सैलुङ गाँउपापालिका–२, घर भई हाल भक्तपुर सुर्यविनायक न.पा. ८ बस्ने २३ बर्षको सोनाम वाईबा र सोही स्थानका १९ वर्षका फुर्वा घिसिङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्र.नि.सुवास बुढाथोकीले जानकारी दिएका छन् । 

आज पक्राउ पर्नेमा दोलखा शैलुङ गाँउपालिका–२, घर भई भक्तपुर बस्ने १८ बर्षको सञ्जिव तामाङ र सिन्धुपाल्चोक लिसंखुपाखर गा.पा. २ घर भई पुरानोठिमी बस्ने २१ वर्षको जिवन तामाङ रहेका छन् । नियन्त्रणमा लिई अनुसन्धान गर्दा मोटरसाइकल चोरी गर्नेहरु खुलेकाले भक्तपुर जिल्ला अदालतमा पेश गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप