बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संस्कृतिविद् सत्यमोहन जोशीका नाममा अन्तर्राष्ट्रिय पुरस्कार स्थापना

शनिबार, २७ मङ्सिर २०७७, १३ : १८
शनिबार, २७ मङ्सिर २०७७

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा अन्तर्राष्ट्रिय प्रकृतिको पुरस्कार स्थापना गरेको छ । 

संस्थाका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ को प्रायोजनमा संस्थाले ‘अनेसास शताब्दी पुरुष सत्यमोहन जोशी पुरस्कार’ स्थापना गरेको हो । पुरस्कार नेपालबाहिर तीन वर्षभन्दा बढी बसेर नेपाली भाषा, साहित्य एवं संस्कृतिका  क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ ।

पुरस्कारको राशि १ हजार १ अमेरिकी डलर रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीले  प्रेस विज्ञप्ति जारी गरेर जनाएको हो । पुरस्कार हरेक दुई-दुई वर्षमा विशेष समारोह आयोजना गरेर प्रदान गरिनेछ । पुरस्कारका छनोटका लागि अनेसास केन्द्रीय कार्यालयले तीन जना सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई अग्राधिकार प्रदान गर्ने जनाइएको छ ।

‘पछिल्लो समय स्वदेश विदेश सबैतिर नेपाली भाषा र साहित्यमा विभिन्न किसिमका पुरस्कार स्थापना भएका छन् । जसले नेपाली भाषा र साहित्यका लागि निकै फराकिलो आयाम थपेका छन्,’ बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्री भन्छिन्- 'तर यस्तो पुरस्कार आमा–बुवा वा परिवारका विशिष्ट सदस्यका नाममा मात्र भए । विशिष्ट साहित्यिक व्यक्तित्वको नाममा पुरस्कार स्थापना गर्न  पाउनु अनेसासको लागि गर्व को कुरा हो।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप