बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तन्दरुस्त र ऊर्जावान् रहँदा पनि किन रहन्छ हृदयघातको खतरा ? किन बढ्छ यस्तो समस्या ?

आइतबार, २८ मङ्सिर २०७७, १० : २६
आइतबार, २८ मङ्सिर २०७७

भारतका डान्स कोरियोगा्रफर तथा फिल्म निर्देशक रेमो डिसुजालाई शुक्रबार हृदयघात भएपछि उनलाई कोकिलाबेन अस्पतालमा भर्ना गरियो । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने रेमोको मुटुबाट ब्लकेज हटाएपछि उनलाई आइसीयूमा राखिएको छ । ४६ वर्षमा कुनै व्यक्तिलाई हृदयघात हुनु सामान्य कुरा होइन । 

रियालिटी शोमा देखिने रेमो निकै फिट देखिन्छन् । डान्स गर्नेबेला उनको इनर्जी लेभल पनि निकै उच्च स्तरको हुन्छ । यति फिट हुँदा पनि हृदयघात भयो भनेर विश्वास गर्न मुश्किल छ । डाक्टरका अनुसार एक व्यक्तिलाई विभिन्न कारणले हृदयघात हुन्छ । 

धुम्रपानः 

मायो क्लिनिकको एक रिपोर्ट अनुसार धुम्रपान गर्ने व्यक्तिहरुमा हृदयघातको खतरा उच्च रहन्छ । लामो समयदेखि धुम्रपान गर्दै आएकाहरु वा सेकेन्ड ह्यान्ड स्मोकिङ दुबैमा यस्तो समस्या अधिक देखिन्छ । त्यसैले हामीले चुरोट पिउने मानिसहरुबाट टाढै बस्नुपर्छ । 

उच्च रक्तचापः

उच्च रक्तचापले समयसँगै मुटुलाई नियन्त्रण गर्ने धमनीलाई क्षती पुर्याउन सक्छ । मोटोपना, उच्च कोलेस्ट्रोल र मधुमेहका कारण पनि उच्च रक्तचापको समस्या बढ्दे गर्छ । त्यसैले यी सबै कुरामा हामीले विशेष सावधानी अपनाउनुपर्छ । 

मोटोपनाः

ब्लड कोलेस्ट्रोल लेभल, हाई ट्रिगलीसेराइड लेभल, उच्च रक्तचाप र मधुमेहको मोटोपनासँग प्रत्यक्ष सम्बन्ध हुन्छ  । विज्ञका अनुसार शरीरको बढ्दो तौललाई नियन्त्रण गर्दै यो खतराबाट बच्न सकिन्छ । 

मधुमेहः 

शरीरमा प्यान्क्रियाजले सही ढङ्गले काम नगर्दा रगतमा सुगरको लेभल बढ्ने गर्छ । यसले रक्तचापलाई नियन्त्रण राख्ने एक विशेष हर्मोनको श्राव पनि रोक्ने गर्छ । यस्तो स्थितीमा मानिसहरु उच्च रक्तचापको शिकार हुनसक्छन् । 

वंशानुगतः

विशेषज्ञका अनुसार थुप्रै मानिसहरुलाई वंशानुगतका कारण पनि हृदयघात हुने गर्छ । जसको परिवार, भाइ बहिनी वा आमा–बुवामा यस्तो समस्या हुन्छ, उनीहरुले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । पुरुषमा ५५ र महिलामा ६५ वर्षको आयुको यसको खतरा बढ्ने गर्छ । 

तनावः

डाक्टरका अनुसार मानसिक तनाव लिएका कारण पनि कुनै व्यक्तिलाई हृदयघातको खतरा हुनसक्छ । यसबाट बच्नका लागि नियमित रुपमा व्यायाम गर्नुहोस् र स्वस्थ खानपिन बानी बसाल्नुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप