बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
गीत

हामी क्रिकेट खेलाडी

आइतबार, २८ मङ्सिर २०७७, ११ : १९
आइतबार, २८ मङ्सिर २०७७

 

 

 

–ई. राकेश कार्की


हाम्रो नेपाल हाम्रो झण्डा
हामी क्रिकेट खेलाडी
हामी हिमाली हामी मधेसी
हामी नै हौँ पहाडी

सबै दर्शकको आशा हामी
सबै नेपालीको भाषा हामी
प्रशंसकको  उत्साहको गीत
बढाउँदै मनोबल हाम्रो जित
हाम्रो मेची र महाकाली
हाम्रो नै चारकोसे झाडी
हाम्रो नेपाल हाम्रो झण्डा
हामी क्रिकेट खेलाडी

राष्ट्रियताको भावना हामी
हरेक खेलको चाहना हामी
प्रत्येक विकेट र रन गन्दै
बलिङ ब्याटिङले विश्व उछिन्दै
हाम्रो पसिना हाम्रो रगत
हाम्रो मुटुको एउटै नाडी
हाम्रो नेपाल हाम्रो झण्डा
हामी क्रिकेट खेलाडी

हाम्रो नेपाल हाम्रो झण्डा
हामी क्रिकेट खेलाडी
हामी हिमाली हामी मधेसी
हामी नै हौँ पहाडी

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप