सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कलेजका छात्रले सन्नी लियोनीलाई बताएका थिए आमा, नायिकाले दिइन् यस्तो प्रतिक्रिया

आइतबार, २८ मङ्सिर २०७७, १३ : ०९
आइतबार, २८ मङ्सिर २०७७

हालै बिहारका एक छात्रले आफ्नो कलेजको फारम भर्नेबेला आमाको नाम सन्नी लियोनी बताए भने बुवालाई इमरान हाशमी । उक्त फारम सार्वजनिक भएपछि यसले व्यापक चर्चासमेत पायो । 

बिहारको मुजफ्फरपुरका एक विद्यार्थीको कलेज फारम सोसल मिडियामा यत्रतत्र पाइए । बीआरए बिहार विश्वविद्यालयको स्नातक तहमा पढ्ने विद्यार्थीले यस्तो फन्डा गरेका हुन् । 

खबर भाइरल भएपछि इमरान हाशमीले ट्वीट गरेर आफ्नो प्रतिक्रिया दिएका थिए । अब यसमा सन्नी लियोनीको प्रतिक्रिया पनि आएको छ । सन्नीले यसबारे एक समाचार पोस्ट गर्दै प्रतिक्रिया दिइन्, ‘यो बच्चा शानदान छन् । यति ठूलो सपना देख्ने यो उनको आफ्नै तरिका हो । हाहाहा..’

स्मरण रहोस्, यो मामिलामा कलेजका रजिस्ट्रार राम कृष्णा ठाकुरको बयान पनि सार्वजनिक भएको छ । उनले यसबारे अनुसन्धान भइरहेको बताए । रिपोर्ट आएपछि कारवाही गरिने उनले जानकारी दिए । एड्मिट कार्डमा देखिएको फोन नम्बर र आधार कार्ड नम्बरमार्फत् विद्यार्थीलाई पनि ट्र्याक गरिने कोसिस भइरहेको छ । 

स्मरण रहोस्, यसअघि गत अप्रिलमा सनी लियोनीको नाम कोलकाताको आशुतोष कलेजको भर्ना सूचीमा पनि आएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप