बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दुधसँग के खाने, के नखाने ?

आइतबार, २८ मङ्सिर २०७७, १४ : २१
आइतबार, २८ मङ्सिर २०७७

दुधलाई सम्पूर्ण आहार भनिन्छ तर यसको अर्थ यो होइन कि तपाईं दुधसँग जे पनि खान सक्नुहुन्छ । समयको कमीका कारण होस् वा ज्ञानको अभावमा मानिसहरु दुधसँग जे पनि मिसाएर खाने गर्छन् । रउनीहरुले स्वास्थ्यसँग जोडिएका अनेकौं समस्याको सामना गर्नुपर्ने हुन्छ । स्मरण रहोस्, यस्ता खानेकुराहरु पनि छन् जुन दुधसँग मिसाएर खाँदा स्वास्थ्यलाई हानी गर्ने गर्छ । आज हामी तपाईंलाई दुधसँग के खाने र के नखाने भनेर जानकारी दिँदै छौं । 

दुधसँग केराको सम्मिश्रणः स्वास्थ्यका लागि राम्रो

तपाईंहरु धेरैले दुधसँग केरा खाएको देख्नुभएको होला । यो सम्मिश्रण स्वास्थ्यका लागि सही छ । केरामा इनुलिन नामको फाइबर पाइन्छ जसको माध्यमले क्याल्सियम ग्रहण गर्ने क्षमता बढ्ने गर्छ । यस्तोमा दुधको क्याल्सियम र केराको इनुलिन जब एक साथ काम गर्छ तब यसले हड्डीलाई बलियो बनाउन सहयोग गर्छ । हामी यो भन्न सक्छौं कि हाम्रो पूरा शरीरलाई चलाउनका लागि यसले एक राम्रो इन्धनको रुपमा काम गर्छ । 

दुधसँग हाई प्रोटिन स्रोतः स्वास्थ्यका लागि खराब

जो मानिसहरु दुधसँग उच्च प्रोटिनको स्रोत भएका खानेकुरा खान्छन् उनीहरुको स्वास्थ्यमा फाइदाको साटो हानी बढी हुन्छ । दुधसँग अण्डा वा मासु राम्रो सम्मिश्रण होइन । कतिलाई लाग्न सक्ला यसको सेवनले शरीरले धेरै ऊर्जा पाउनेछ । तर यस्तो सोच गलत हो । यसो गर्दा शरीरमा ऊर्जाको स्तर बढ्नुको साटो घट्ने गर्छ, तपाईंलाई थकित बनाउँछ । यस्तो भएमा विज्ञले खानामा प्याज, ब्रोकली र स्यालेडलाई आफ्नो खानामा समावेश गर्न सल्लाह दिन्छन् । 

दुधसँग बेसारको संयोजनः स्वास्थ्यका लागि फाइदाजनक

शरीरमा गर्मी पैदा गर्नका लागि बेसारको सेवन गर्ने गरिन्छ । साथै ब्याक्टेरियल र भाइरल संक्रमणलाई टाढा राख्नका लागि पनि बेसारले असाध्यै मद्दत पुर्याउँछ । यसमा अन्टिअक्सिडेन्ट पनि हुन्छ जसका कारण शरीर सुन्निने, जोर्नीमा दुखाई, अल्सर, अपच, महिनावारीको दुखाई, टाउको दुखाई, जलन, अर्थराइटिस आदिमा राहत पाइन्छ । यसले रगतलाई सफा मात्रै गर्दैन, यसलाई यदि दुधसँग मिसाएर खाए यसले रक्त प्रवाह पनि तीब्र पार्छ । 

दुधसँग सिट्रस जुसको सेवनः स्वास्थ्या लागि खराब

स्मरण रहोस्, सिट्रस जुसमा एसिड पाइन्छ । यस्तोमा यदि यी जुसलाई दुधसँग मिसाएर खाइन्छ भने यसले शरीरभित्र खकार बनाउँछ । त्यसैले डाक्टरले दुध र जुसलाई एकसाथ नखान सल्लाह दिन्छन् । जसलाई दुध र जुस दुबै पिउने बानी छ भने विज्ञले उनीहरुलाई दुध पिएको आधा घण्टा पछि वा अघि जुसको सेवन गर्न सुझाउँछन् । यसो गर्दा जुसभित्र पाइने एसिडको असर समाप्त हुनेछ । 

दुधसँग नट्सको सेवनः स्वास्थ्यका लागि राम्रो

विशेषज्ञलाई विश्वास गर्ने हो भने दुध र नट्सको संयोजन शरीरका लागि असाध्यै राम्रो हो । दुबै एकसाथ सेवन गर्दा शरीरले रिच फाइबर पाउँछ । साथै पेट भरिएको महसुस पनि हुन्छ । यसले तौल कम गर्न निकै सहयोग गर्छ किनभने यसको सेवनले भोक कम लाग्छ जसका कारण मानिसहरु कम आहार ग्रहण गर्छन् । यसका साथै दुध र नट्स एक साथ सेवन गर्दा अर्थराइटिस र ओस्टियोपोरोसिसजस्ता रोग लाग्नबाट शरीरलाई जोगाउँछ । विशेषज्ञले चिसो मौसममा यसको संयोजन सेवन गर्न सुझाउँछन् । 

दुधसँग नुनको सेवनः स्वास्थ्यका लागि खराब

नुनमा सोडियम र दुधमा क्याल्सियम पाइन्छ । यस्तोमा दुबै एक साथ लिँदा पाचन क्रियाको काममा बाधा उत्पन्न हुन्छ । तर यस्तो होइन कि हामीले दुधसँग नुनिलो चिज खानै हुँदैन । विशेषज्ञ दुधसँग केही खाद्य पदार्थ जस्तै चिज, बटर आदि खान सल्लाह दिन्छन् । 

दुध र महः स्वास्थ्यका लागि फाइदाजनक

यदि तपाईं आफ्नो छालामा निखार ल्याउन चाहनुहुन्छ भने दुध र महको संयोजन एक राम्रो विकल्प हो । यसको सेवनले छाला जवान देखिनुका साथै यसभित्र पाइने प्रोबायोटिक कम्बिनेशनले पेटको रोगबाट पनि टाढा राख्छ । यसका साथै कब्जियत, पेट फुल्नु, आन्द्राको रोग आदि पनि यसको सेवनले टाढा हुन्छ । चिसो मौसममा यदि तपाईंलाई कफको समस्या छ भने दुध र महको सम्मिश्रण डाक्टरको सल्लाहमा लिन सक्नुहुन्छ । यी दुईले तपाईंको प्रतिरोधी क्षमता बढाउनुका साथै तपाईंलाई मिठो निद्रा लाग्न पनि सहयोग गर्छ । जसलाई अनिद्राको समस्या छ भन् उनीहरुले आफ्नो खानामा यो सम्मिश्रण समावेश गर्न सक्छन् । 

दुधसँग स्टार्ची खानको सेवनः स्वास्थ्यका लागि खराब

यदि तपाईं दुधसँग पास्ता, मैदाले बनेको खानेकुरा, पाउरोटी आदि हार्ड स्टार्च फुडको सेवन गर्नुहुन्छ भने यो सम्मिश्रण स्वास्थ्यका लागि हानिकारक छ । यी खाना पचाउन शरीरले निकै मिहिनेत गर्नुपर्छ त्यसैले यो खाने बित्तिकै ग्याँस, पेट फुल्ने, थकानको महसुस लगायतका समस्या देखिने गर्दछ । यस्तोमा यदि तपाई यस्तो सम्मिश्रणको सेवन गर्नुहुन्छ भने तुरुन्त आफ्नो खान्की बदल्नुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप