बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, ०८ असोज २०७४, ०५ : ३५
आइतबार, ०८ असोज २०७४

वि.स.२०७४ साल असोज ८ गते। आइतबार। इश्वी सन् २०१७ सेप्टेम्बर २४ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्थी, ११:५४ बजेउप्रान्त पञ्चमी। नक्षत्र– विशाखा, २८:४८ बजेउप्रान्त अनुराधा। योग– वैधृति, ९:२८ बजेउप्रान्त विष्कम्भ। करण– भद्रा, ११:५४ बजेदेखि वव, २४:३७ बजेउप्रान्त वालव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– तुला, २२:१७ बजेउप्रान्त वृश्चिक।

काठमाडौंमा सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १७:५६ बजे र दिनमान ३० घडी ०८ पला। शारदीय नवरात्र। सदगुरु देवचन्द्रजीको शुभजन्मोत्सव श्री ५ पद्मावतीपुरी धाम उत्सव।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुँनेछ । बिद्यार्थिहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । नोकरिमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आईपर्ने योग रहेकोछ । पढाई लेखाईमा मेहनेत गरे अनुशार नतिजा नआउँने हुँनाले मन चिन्तित हुँनेछ । व्यावसाय खस्केर जाने हुँनाले तत्काल नाँफा नहुँने योग रहेकोछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा साबधानि अपनाउँनु होला नराम्रो घट्ना हुँन सक्छ । माया प्रेममा एक अर्का बित नचाहादा नचाहादै छुट्टिनु पर्दा नरमाईलो महशुष हुँनेछ । घर परिवारमा एक अर्काबिच अबिश्वास सिर्जना हुँने ग्रहयोग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुँनेछ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनितिमा जनताको समर्थन पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ । आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् । मुद्दा मामिला तथा अदालतबाट हुँने फैसला तपाईकै पक्षमा आउँनेछन् भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुँनेछ । बिद्यार्थि बर्गहरुले पढाईमा मेहनेत गरि राम्रो नतिजा ल्याउँन सक्नेछन् । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो समय लगाएर गरिएको कामको नतिजा तपाईको पक्षमा नआउँने हुँनाले मन दुखि हुँनेछ । बन्द व्यापारमा सोचेजस्तो आम्दानि नहुँन सक्छ । आम्दानि भन्दा खर्च बढ्ने हुँनाले आर्थिक व्यावस्थापनमा गडबड हुँनेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहो सापटि लगेको तथा लानेहरुले नफर्काउँनाले काम गर्न गाह्रो हुँनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेकोछ भने आफन्तसँग नै मनमुटाब बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक स्थिति सुदृड हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने बिलाशि बस्तुको प्रयोग मार्फन अरुको मन आफुतिर तान्न सकिनेछ । शुभचिन्तकको सहयोगले चिताएको कामरु सम्पादन हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले चाहेजस्तो नतिजा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो समय देखि थाति रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । स्वदेश तथा बिदेशमा उत्पादित सामानको व्ययावसाय फस्टाएर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाढि बढ्न सकिने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् । 

कुम्भ(गू ,गे,गो,सा,सी,सू,से,सो,दा) यात्रा गर्दा ध्यान दिनुहोला लामो दुरिको शैक्षिक यात्रा तथा धार्मिक यात्रा गर्दा बाटोमा बाधा अवरोधहरुको सामना गर्नु पर्ने हुँनसक्छ । स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुँनेछ । धार्मिक स्थल तथा मन्दिर तिर गई दर्शन गर्न सकिनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रने सम्भावना रहेकोछ । सार्वजनिक काम गर्दा ध्यान दिनुहोला काम बग्रने तथा जरिवार तिर्नु पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)घर परिवार तथा चेलि माईतिबिच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा तिर्नु पर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुँनेछ । वादबिवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनाबस्यक धन तथा स्थाई सम्पति हानि हुँन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुँनेछन् । आम्दानिको तुलनामा खर्च अधिक हुँने हुँदा दैनिक गुजार गर्न गाह्रो हुँनेछ । 

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन नं.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप