सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बहुमूल्य जडिबुटी यार्सागुम्बासहित ४ जना पक्राउ

आइतबार, २८ मङ्सिर २०७७, १६ : ३३
आइतबार, २८ मङ्सिर २०७७

काठमाडौँ । बहुमूल्य जडिबुटी यार्सा गुम्बासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली घर भएका २४ वर्षीय विशाल परियार, रामेछाप हिमगंगाका ५९ वर्षीय सुनिल तामाङ, सुर्खेत बराहतालका ५५ वर्षीय शेर बहादुर थापा र संखुवासभा चैनपुरका २२ वर्षीय हिमाल गुरुङ रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकमा अवैध रुपमा यार्सागुम्बाको खरिद बिक्रीको कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुको साथबाट अवैध रुपमा ८६७ ग्राम यार्सागुम्बा लुकाईछिपाई राखेको अवस्थामा फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई सोधपुछ गर्दा यार्सागुम्बाको कारोबार तथा खरिद बिक्री गरेको कागजात नभएको पाइएको काठमाडौँ प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले रातोपाटीलाई जानकारी दिए । प्रहरीले पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा थप कारवाहीका लागि डिभिजन वन कार्यालय शात्तिसारको जिम्मा लगाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप