सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पेट्रोल पम्पमा ट्यांकरको अघिल्लो भागबाट अचानक आगो लाग्यो (फोटोफिचर)

आइतबार, २८ मङ्सिर २०७७, १९ : ०५
आइतबार, २८ मङ्सिर २०७७

काठमाडौं । ललितपुरको ग्वार्को स्थित उज्वल पेट्रोल पम्पमा आगलागी भएको छ ।

 तेल लिएर आएको ट्यांकरको अघिल्लो भागबाट अचानक आगो सल्किएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । पम्प छेउको घरमा पनि आगो सल्किएको छ । 

सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुले आगो आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । 

अहिलेसम्म मानविय क्षति हुन नपाएको एसएसपी बज्राचार्यले बताइन् । आगलागीबाट जोडिएको घरमा क्षति पुगेको छ भने केही मोटरसाइकल जलेको छ । यस्तै एउटा तेल ट्याङ्करको अगाडिको भाग जलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप